
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले प्रत्येक प्रदेशमा एकएक जना गरी ७ जना निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
आयोगले आजदेखि लागु हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ अनुरुप निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ।
प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो। आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाम स्थापना गरिने छ।
कुन प्रदेशमा को?
प्रदेश १ः मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा
प्रदेश २ः धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती
प्रदेश ३ः ललितपुरका जिल्ला न्यनयनधीश बालकुमुन्द दवाडी
प्रदेश ४ः कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी
प्रदेश ५ः दाङका जिल्ला न्यायाधीश हेमन्त रावल
प्रदेश ६ः सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु
प्रदेश ७ः डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेल