PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

परवानीपुरको माटो विज्ञान प्रयोगशाला ५ वर्ष देखि बन्द, माटो चेक गराउन हेटौँडा वा काठमाडौ जानु पर्ने बाध्यता



राधेश्याम पटेल

परवानीपुरको माटो विज्ञान प्रयोगशाला ५ वर्ष देखि बन्द, माटो चेक गराउन हेटौँडा वा काठमाडौ जानु पर्ने बाध्यता

वीरगंज : मध्यमाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको माटो प्रयोगशाला ५ वर्षदेखि प्रयोगविहिनको अवस्थामा छ। कार्यालय भवनमा ५ वर्ष भयो ताला लागेको। माटो वैज्ञानिकको दरबन्दीमा पदपुर्ति नहुदाँ प्रयोगशाला प्रयोगविहीन भइ बन्द भएको हो।

२०६९ सालमा तत्कालिन माटो वैज्ञानिक महेश्वर साहको हृदयघातबाट मृत्यु भएपछि सो प्रयोगशाला बन्द भएको थियो। केन्द्रले माटो वैज्ञानिकको लागि पटकपटक विभागमा पत्राचार गर्दा समेत कर्मचारी नपठाइएको परवानीपुर केन्द्रका क्षेत्रीय निर्देशक तुफैल अहमदले बताए।

तुफैल अहमद, क्षेत्रीय निर्देशक

प्रदेश नं दुईमा धनुषा र बाराको परवानीपुरमा गरी दुई वटा मात्रै माटो प्रयोगशाला छन्। परवानीपुरको माटो प्रयोगशाला बन्द भएपछि पर्सा, बारा, रौतहट, सार्लाहीलगायतका जिल्लाका किसानहरु माटो परिक्षण गर्न कि त हैटौँडा वा नार्कको काठमाडौंमा रहेको माटो विज्ञान महाशाखामा धाउनु पर्ने बाध्याता रहेको किसानहरुको भनाई छ।

माटो परिक्षण गराउन प्रति सेम्पल ६८ रुपिया लाग्छ। त्यत्रो खर्चको लागि काठमाडौं र हेटौडा जादा कम्तिमा २ हजारको खर्च लाग्ने गरेको पर्सा लिपनीविर्ताका किसान कारी यादवले बताए। त्यसैगरी, सही समयमा आफनो खेतको माटोको अवस्थाबारे थाहा पाउन नसकिने किसानको भनाई छ।

अनुसन्धान केन्द्रका बाली वैज्ञानिक डा.विशेश्वरप्रसाद यादवको अनुसार माटो प्रयोगशालाको उपयोगिता महत्वपूर्ण रहेको बताए। माटोको उर्वरा क्षमता तथा माटोमा लागेको रोग बारे किसानले सहजै थाहा पाए बालीनालीको उत्पादकत्व बढ्ने उनको तर्क छ। तर किसानले माटोको शक्ति थाहा नपाएर उन्नत जातको वीउ, विजनमा बढि केन्द्रित पछिल्लो समयमा हुँदै गएको बताए। ‘माटो प्रयोगशाला चालु छैन,कसरी माटोको बारेमा थाहा पाउनु,त्यो भन्दा उचित कि रसायनिक मल प्रयोग गर्नु वा वीउ फेर्नु,’ बाली वैज्ञानिक यादव बताउँछन्।

खेतमा हाल्ने गोबर मल र कम्पोष्ट मलको कमीले गर्दा किसानको खेतमा अर्गानिक म्याटर नाइट्रोजन, पोटासियम, फसफोरसलयतको तत्वमा पनि कमी हुँदै गएको पछिल्लो अनुसन्धानले देखाएको उनले बताए। खेतमा हाल्ने अत्याधिक रसायनिक मलले गर्दा माटोको उर्वरा क्षमतामा ह्रास आउँदै गएको नार्कको तथ्याकले देखाउँछ।

यसैबीचच, कृषि मन्त्रालयमा माटो वैज्ञानिकको पदपूर्ति गर्न विज्ञापन गरिसकेको र अगामि चैतसम्म कर्मचारी नियुक्त भएर आएप्छि माटो प्रयोगशाला सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell