PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

गोविन्द केसीका समर्थकको आरोप : एमाले अध्यक्ष ओलीले जोगाए माफिया



सागर बुढाथोकी

गोविन्द केसीका समर्थकको आरोप : एमाले अध्यक्ष ओलीले जोगाए माफिया

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरुले अबको निसाना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने बताएका छन्।

केसीको मुद्दामा समर्थन जनाउँदै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सलले माइतीघरमा प्रदर्शन गरिरहेको छ। त्यही बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, 'अबको मिसन ओलीविरुद्ध हुनेछ किनकि उनले केसीविरुद्ध अभिव्यक्ति दिएका छन्।'

ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अर्यालले भने, 'ओलीको २०२८ सालदेखिको ट्र्याक रेकर्ड हामीसँग छ। यिनले माफिया संरक्षण गरिरहेका छन्।'

उनले अब बन्ने सरकारलाई माइतीघरबाटै ढाल्नेसमेत बताए। मेडिकल माफियालाई ओलीले संरक्षण गरिरहेको उनको आरोप थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell