PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मेलम्चीमा कांग्रेस पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला 



पहिलोपोस्ट

 मेलम्चीमा कांग्रेस पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला 

काठमाडौं : नेपाली कांग्रेसका पौडेल पक्षका जिल्ला सभापतिहरुले मेलम्चीमा भेला सम्पन्न गरेका छन्।

बिहीवार बिहान सम्पन्न भेलामा पौडेल पक्षका जिल्ला सभापतिहरुले आफ्ना मागहरुका लागि दबाव दिने निर्णय गरेको भेलामा सहभागी सिन्धुपाल्चोक जिल्ला कांग्रेसका सभापति विकास लामाले जानकारी दिए।

भेलामा काठमाडौं, भक्तपुर, ललितपुर, पाँचथर, मुगु, ताप्लेजुङ, रुपन्देही, बर्दिया, मनाङलगायत जिल्लाका सभापतिहरु सहभागी थिए। 

उक्त भेलाले सिंचाइमन्त्री एवं बार्दियाका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ। समितिले निर्वाचनको समीक्षाका साथै कांग्रेस जिल्ला सभापतिहरुको हितमा तदारुकताका साथ काम गर्ने जनाएको छ।

कार्यक्रममा टेकबहादुर गुरुङ, अब्दुल राजक, अमरसिंह पुनसमेत सहभागी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell