काठमाडौं: गायक शिव परियारको गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक भएको छ। एक महिना अघि अडियो रिलिज भएको गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो। अडियोमा मात्र एक हालसम्म ९ लाख २२ हजार भन्दा बढी हिट्स भैसकेको छ।
गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गरेका छन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको फिचरिङ रहेको छ। निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।
गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन्।