PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फिल्म 'बटरफ्लाई' हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने



पहिलोपोस्ट

फिल्म 'बटरफ्लाई' हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने

काठमाडौं: प्रेमकथा बोल्ने भनिएको फिल्म 'बटरफ्लाई'ले पिजी सर्टिफिकेट पायो। सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। 

पुस २८ गते शुक्रबारबाट सार्वजनिक हुने फिल्म द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको हो। ‘बटरफ्लाई’मा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको छ। 

सुरेश बज्राचार्यको छायांकन गरेको फिल्मको गीति भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन्। त्यस्तै कुमार महर्जनको द्वन्द्व, विकास चौधरी, दिपक शर्माको संगीत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell