PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’, तीन उपन्यासपछिको पहिलो कथासंग्रह 



पहिलोपोस्ट

अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’, तीन उपन्यासपछिको पहिलो कथासंग्रह 

काठमाडौंः लेखिका अनुपम रोशीको चौथौ कृति कथासंग्रह मध्यान्तर विमोचन भएको छ। साहित्य सर्जकहरु माया ठकुरी, युग पाठक, डा। रजनी ढकाल, केशब सिग्देल र रोशीले संयुक्त रुपमा कृति विमोचन गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले अनुपमको कथा लेख्ने शैली र भाषा निकै गजब रहेको धारणा राखिन्। समीक्षक पाठकले अनुपम रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको बताए। 

यसअघि लेखक अनुपम रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया गरी तीन उपन्यास प्रकाशित छन्। 
पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell