PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ऋतिक रोशनको बर्थडेमा फ्यानलाई यस्तो गिफ्ट



पहिलोपोस्ट

ऋतिक रोशनको बर्थडेमा फ्यानलाई यस्तो गिफ्ट

जनवरी १० बुधबार, बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन। उनको जन्मदिनको उपलक्ष्यमा ऋतिकका बुवा राकेश रोशनले फ्यानका लागि विशेष गिफ्ट सार्वजनिक गरे। उनले 'क्रिस ४'को रिलिज टार्गेट रिलिज गरेका हुन्। राकेश रोशनले ट्विटमार्फत फिल्मको चौथो संस्करण २०२० को क्रिसमसमा प्रदर्शनमा आउने जनाएका छन्। 

लेखेका छन्,'सायद आज यो खबर सार्वजनिक गर्नका लागि उचित दिन हो। तपाईंहरु सम्पूर्णको लागि यो उपहार। र ऋतिकलाई जन्मदिनको शुभकामना।' 

ऋतिक १० तारिखबाट ४४ वर्ष लागे। प्रि प्रोडक्सनको काम भैरहेको फिल्ममा ऋतिक दुबै हिरो र भिलियन अवतारमा देखिने बलिउड गसिप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell