
- पासाङ ठकुल्ला -
महराका अनुसार पार्टी अध्यक्ष पुष्पकुमार दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई फिर्ता बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठी लेख्न लागेका छन्।
सत्तामा नेपाली कांग्रेससँग र चुनावमा नेकपा एमालेसँग एकता गरेको माओवादीको यो निर्णयसँगै नेपाली कांग्रेससँगको सत्ता साझेदार सहकार्यको औपचारिक अन्त्य हुनेछ।
'निर्वाचनले नयाँ जनादेश दिसकेको छ,' महराले पहिलोपोस्टसँग भने, ‘प्रधानमन्त्रीले पनि सरकारमा बसिराख्नु उचित छैन। नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्ने बेला भयो।’
एमालेसँग चुनावी एकता गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका १६ जना मन्त्रीलाई जिम्मेवारीबिहीन बनाउँदै विनाविभागीय बनाएका थिए। देउवाले भूमिका नदिँदा पनि सत्ता नछाडेका माओवादीले अहिले आएर सत्ता छाड्न लागेको हो।
‘राजिनामा दिने कुरामा उहाँले त्यति धेरै ध्यान नदिएजस्तो लाग्यो। त्यसैले हामी हट्नुपर्छ भनेर राजिनामा दिनलागेका हौँ,’महराले भने।