
काठमाडौं : मध्यमाञ्चलका महिला तथा पुरुष दुवै टोली राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फ मध्यमाञ्चलले नेपाल आर्मी तथा महिलातर्फ मध्यपश्चिमाञ्चलसँग खेल्नेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीवार भएको सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ९३-७७ ले पराजित गर्यो। आर्मीको जितमा सदीश प्रधानले २३ अंक योगदान गरे।
मध्यमाञ्चलले पनि विभागीय टोली नेपाल प्रहरी क्लबलाई ८६-७० को साँघुरो अन्तरले हरायो। मध्यमाञ्चलका राजिव जोशीले २६ अंक जोडे।
महिलामा भने मध्यमाञ्चलले सेमिफाइनलमै आर्मीलाई हराउँदै मध्यपश्चिसँग फाइनल भेट तय गर्यो। आर्मी विरुद्धको खेलमा मध्यमाञ्चल ५७-२९ ले विजयी भयो। मध्यमाञ्चलकी लुनिभा सिंहले १४ अंक बटुलिन्।
मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ६८-३३ ले पाखा लगायो। विजेता टोलीकी माया राईले ११ स्कोर गरिन्।