PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

मध्यमाञ्चललाई स्वर्ण, एकलमा टंकको अग्रता



पहिलोपोस्ट

मध्यमाञ्चललाई स्वर्ण, एकलमा टंकको अग्रता

काठमाडौँ : एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा मध्यमाञ्चलले टीम इभेन्ट्समा स्वर्ण पदक जितेको छ। टंक बहादुर कार्की, सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले १० ओभर २८२ अंकका साथ निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउँदै स्वर्ण पदक जितेको हो।

२९४ अंक सहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबे रजत तथा बिनोद तामाङ, भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिमले कास्य जित्यो।

एकलतर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरका साथ सुबाष घिसिङलाई ८ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन्। ३६ होलको समाप्तीमा समग्रमा टंकले १ ओभर १३७ स्कोर बनाउँदै ८ स्ट्रोकको फराकिलो अग्रता बनाएका हुन्।

समग्रमा ९ ओभर १४५ अंकका साथ सुबाष घिसिङ र पहिलो दिनका जोइन्ट लिडर शुक्रबाहादुर राई संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्।

एकल स्पर्धामा २६ ओभर १६२ अंक सम्म जोडने २१ खेलाडीले कट बनाएका छन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell