PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

लक्ष्मीनारायण ट्रष्टद्वारा राष्ट्रिय भलिबल खेलाडी सरस्वती र मानबहादुर सम्मानित



पहिलोपोस्ट

लक्ष्मीनारायण ट्रष्टद्वारा राष्ट्रिय भलिबल खेलाडी सरस्वती र मानबहादुर सम्मानित

काठमाडौं : लक्ष्मीनरायण श्रेष्ठ भलिबल मेमेरियल ट्रष्टले भलिबलका ओपन स्पाईकरद्धय सरस्वती चौधरी र मानवहादुर श्रेष्ठलाई बिहीवार सम्मान गरेको छ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर ट्रष्टले राष्ट्रिय खेलाडी सरस्वती र मानवहादुरलाई नगद १० हजारसहित सम्मान गरेको छ।

उनीहरुलाई ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन, स्व. लक्ष्मीनारयण श्रेष्ठकी धर्मपत्नी जमुना श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्का, ट्रष्टका अध्यक्ष बिनोदसिंह बस्न्यातलगायतले सम्मान गरेका थिए।

लक्ष्मीनरायण श्रेष्ठ भलिबल मेमेरियल ट्रष्टले खेलाडीद्धयलाई २०७४ मा उत्कृष्ट प्रदर्शन गरे बापत सम्मान गरेको हो। पोखरामा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिता मानबहादुर र सरस्वती उत्कृष्ट खेलाडी बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell