PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

एकता दिवसको विरोधमा प्रतिरोध दिवस



बीपी साह

एकता दिवसको विरोधमा प्रतिरोध दिवस

काठमाडौं : पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर सरकारले एकता दिवसको सार्वजनिक बिदा दियो। लोकतन्त्र स्थापनापछि पहिलो पटक सरकारले एकता दिवसको नाममा सार्वजनिक बिदा दिएको हो।

पृथ्वी जयन्तीको अवसरमा केही समूहले राष्ट्रिय एकता दिवस मनाएको छन् भने केहीले यसको विरोध गरेका छन्। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले राष्ट्रिय एकता दिवसको नाममा पृथ्वी जयन्ती मनाएका छन्। केही वर्षअघिसम्म पृथ्वी जयन्तीको विरोध गर्ने माओवादीहरुले पनि आज पृथ्वी जयन्ती मनाएका छन्।

चर्को आलोचना गर्दै आएका डा. बाबुराम भट्टराईले पनि पृथ्वी जयन्तीको शुभकामना दिए।

यता मधेशी, आदिवासी जनजाति र नेवार समुदायमा यस दिवसको विरोध भएको छ।

कीर्तिपुरवासीले एकता दिवस खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् भने वर्षौदेखि पृथ्वी नारायण शाहको प्रतीमामा थुक्ने कार्यक्रम जारी राखे।

मधेशी, जनजाति र नेवार समुदायका बुद्धिजीवीले वैचारिक बहस गरेर यसको प्रतिरोध दिवश मनाए।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा विश्लेषक सीके लाल, विश्लेषक राजेन्द्र श्रेष्ठ, लेखक युग पाठक, चित्रकार सुप्रिया मानन्धर, डा. ओम गुरुङ र तराई मधेश राष्ट्रिय परिषद्का कासिन्द्र यादवलगायतले एकता दिवशको विरोधमा विचार राखे।

सरकारले प्रतिगमन निम्त्याएको उनीहरुको तर्क छ। गणतन्त्रका लागि लडेका जनताहरुको अपमान गर्दै सरकारले राष्ट्रिय एकता दिवसको नाममा पृथ्वी जयन्ती मनाएको बताए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सरकारको आलोचना गरे।

विश्लेषक सीके लालले विरोध गर्नु आवश्यक रहेको बताउँदै यो काम जारी रहेमा विद्रोह हुनसक्ने चेतावनी दिए। लालले सरकारको कदमको विरोध नगरेकोमा मधेशवादी दलको पनि आलोचना गरे।

चित्रकार सुप्रिया मानन्धरले पृथ्वीनारायण शाहले समाजलाई विखण्डन गरेको आरोप लगाए। कार्यक्रमको आयोजना तराई मधेश राष्ट्रिय परिषद्ले गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell