PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

राष्ट्रिय टेबलटेनिस : नन्द भाउजुको जोडी क्वाटरफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय टेबलटेनिस  : नन्द भाउजुको जोडी क्वाटरफाइनलमा

काठमाडौं : नेपाल प्रहरीका एलिना महर्जन र नविता श्रेष्ठ (नन्द-भाउजु)को जोडी राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला डबल्समा बिहीवार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उनीहरुले दाङका पवित्रा खनाल र पूजा नेपालीको जोडीलाई ११–३, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरे।

सोही स्पर्धामा नेपाल आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, प्रहरीका सोनु थापा मगर र मन्जु सुवाल, सुनसरीका गीता भुजेल र रुपा लिम्बू, एपीएफका सेलिाशा खड्गी र सिक्का सुवाल, रुपन्देहीका अमृता थापा र गीता अर्याल, ललितपुरका अनुष्का प्रसाईं र लस्ता महर्जन तथा आर्मीका दीक्षा दाहाल र दीक्षा तामाङको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष डबल्समा प्रहरीका विनेश खनियाँ र प्रदीप रोका, भक्तपुरका विवेक कवान र रजोजमान थाकु, मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपाने, आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरे, एपीएफका अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनको जोडी क्वाटरफाइनलमा पुगे।

मिक्स डबल्समा प्रहरीका दीप साउन र नविता श्रेष्ठ, आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङ, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल, सुनसरीका गणेश तामाङ र रुपा लिम्बू, आर्मीका कृष्ण थापा मगर र दीक्षा तामाङ, एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गी, सुनसरीका राजन सुब्बा र गीता भुजेल तथा प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले क्वाटरफाइनल यात्रा तय गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell