PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

युइएफए टीम अफ दि इअरमा रियल मड्रिडका पाँच खेलाडी, बार्सिलोनाबाट मेसी मात्रै



पहिलोपोस्ट

युइएफए टीम अफ दि इअरमा रियल मड्रिडका पाँच खेलाडी, बार्सिलोनाबाट मेसी मात्रै

युरोपियन फुटबल संघले युइएफए टिम अफ दि इअरको नाम सार्वजनिक गरेको छ। जसमा स्पानिस क्लब रियल मड्रिडबाट ५ खेलाडी समावेश हुँदा अर्को स्पानिस क्लब बार्सिलोनाबाट भने १ खेलाडी मात्र अटाएका छन्।

युइएफले सार्वजनिक गरेको टिम अनुसार रियलबाट डिफेण्डरद्वय सर्गियो रामोस र मार्सेलो, मिडफिल्डरद्वय लुका मोडरिच र टोनी क्रुस तथा फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। बार्सिलोनाबाट फरवार्ड लियोनल मेसी मात्र समावेश छन्।

यस्तै इटालियन क्लब युभेन्ट्सबाट गोलरक्षक जियानलुजी बफोन तथा डिफेण्डर जर्जियो किलेइनी परेका छन्। युभेन्ट्सबाट फ्रान्सेली क्लब पिएसजी पुगेका डिफेण्डर ड्यानी आल्भ्ज पनि उक्त टिममा छन्।

यसैगरी इंगलिस क्लब चेल्सीबाट मिडफिल्डर एडेन हाजार्ड तथा म्यानचेष्टर सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना समावेश छन्।

युइएफए टिम अफ दि इअर युइएफए डट कम मा फ्यान हरुले गरेको भोटका आधारमा चयन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell