PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

नेत्रहीन एकदिवसीय विश्वकपको बाँकी ३ खेल खेल्न दुबई पुग्यो नेपाली टोली



पहिलोपोस्ट

नेत्रहीन एकदिवसीय विश्वकपको बाँकी ३ खेल खेल्न दुबई पुग्यो नेपाली टोली
फोटो : एनएसजेएफ

काठमाडौं : दुबई र पाकिस्तानमा संयुक्त रुपमा आयोजना भएको पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको बाँकी ३ खेल खेल्न नेपाली नेत्रहीन क्रिकेट टोली दुबई पुगेको छ।

यसअघि पाकिस्तानमा दुई खेल खेलेको नेपाल बाँकी खेलका लागि युएई गएको हो। दुबई पुगेका नेपाली टोलीको त्यहाँ रहेका नेपालीहरुले स्वागत गरेका छन्। नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको नेतृत्वमा रहेको २२ सदस्यीय नेपाली टोलीलाई युएईमा रोजगारीका लागि रहेका नेपालीले भव्य स्वागत गरेका थिए।

एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्ट्स क्लबको आयोजनामा बिहीवार पाकिस्तानबाट दुबई पुगेका नेपाल टोलीलाई स्वागत गरिएको हो। नेपालले दुबईमा श्रीलंका, भारत र अष्ट्रेलियासँग खेल्नेछ। यसअघि पाकिस्तानमा भएको दुवै खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ तथा दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले पारजित भएको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लब, एनआरएन युएई, नेपाली समाज युएई, अन्तर्राष्ट्रिय नेपाली समाज युएईलगायत विभिन्न संघसस्थाका प्रतिनिधीले स्वागत गरेका थिए।

नेपाली टोलीको स्वागत गर्दै कार्यक्रम संयोजक रवि शाहीले आफ्नो भुमि जस्तै उचो हौसलाले खेल्न शुभकामना दिए। उनले भने ‘हामी सबै नेपाली खेलमा हौसला बढाउन उपस्थित हुनेछौँ। राम्रो खेल्दै विजयी हुन मेरो शुभकामना छ।’

संघका अध्यक्ष पवन घिमिरेले टोलीको हौसलाका लागि सबै नेपालीले देखाएको मातृप्रेम अमुल्य रहेको बताए।

पाकिस्तानबाट युएई पुगेको नेपालले शनिबार श्रीलंकासँग दुबईको अजमानस्थित अजमान ओभल क्रिकेट स्टेडियममा खेल्नेछ। यसैगरी आइतबार नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ भने लिगको अन्तिम खेलमा सोमवार अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell