PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

मन्त्रिपरिषद् बैठक; प्रदेश प्रमुख सिफारिसको तयारी



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक; प्रदेश प्रमुख सिफारिसको तयारी

काठमाडौंः प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको समानुपातिक निर्वाचनको मतपरिणाम बुझाउन ढिलाइ भइरहदा सरकारले प्रमुख सिफारिसको प्रक्रिया भने अझै पूरा गरेको छैन। प्रदेश प्रमुख चयनमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचन प्रभावित हुने भए पनि गृहकार्य नपुगेको भन्दै प्रदेश प्रमुख सिफारिस गर्न सकेको छैन। 

प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार गठनमा ढिलाइ तथा प्रदेशसभा सदस्यको शपथ प्रक्रिया पनि रोकिएको छ। दलीय परामर्श पूरा नभएको भन्दै सरकारले सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन। 

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। 

कानुनमन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा छलफल हुने बताए। थापाले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित भने नहुनेगरी सरकारले गृहकार्य गरिरहेको पनि बताए। 

सरकारको सिफारिसमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ। प्रदेशको अस्याथी राजधानी भने सरकारले तोक्नेछ। स्थायी राजधानी भने सम्वन्धित प्रदेश सभाले नै तय गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell