
लिग लडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लियोनल मेसीको दुई गोल मद्दतमा गएराती सेल्टा भिगोलाई ५-० ले पराजित गर्को बार्सिलोना समग्रमा ६-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो।
पहिलो लेग १-१ गोलको बराबरीमा सकिएपछि बार्सिलोनाले दोस्रो देगमा मेसी, सुवारेजसहित कप्तान इनेस्टा लगायतलाई खेलाएको हो।
घरेलु मैदानमा भएको खेलमा मेसीले १३औँ र १५औँ मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाए थिए। जोर्डी अल्वाले २८औँ तथा लुइस सुवारेजले ३१औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४-० को अग्रता बनायो। बार्साका लागि खेल सकिन ३ मिनेट अगाडी इभान राकिटिचले पाँचौ गोल गरे।
यस्तै सेभिया र स्पानयोल पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सेभियाले काडिजलाई समग्रमा ४-१ ले हराउँदा स्पानयोलले लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्यो।