PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

फ्राईडे रिलिज : दुई नेपाली र एक विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राईडे रिलिज : दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

काठमाडौं : यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएको हो।

रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुबैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्।

कमेडी जनराको मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा निर्देशक रामबाबुकै कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ।

त्यस्तै ‘बटरफ्लाई’मा प्रियंका कार्की, आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुष्मा कार्की लगायतको अभिनय रहेको छ।

बलिउडतर्फ भने फिल्म ‘१९२१’ रिलिज भएको छ। हरर जनराको फिल्ममा जरिन खान र करण कुन्द्राको मुख्य अभिनय रहेको छ। फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका हुन्।

हलिउडतर्फ भने कुनै नयाँ फिल्म रिलिज भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell