PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

झ्यालबाट टाउको निकालेर टेम्पो, चलाउँदा पोलमा ठोक्किएर चालकको मृत्यु



पहिलोपोस्ट

झ्यालबाट टाउको निकालेर टेम्पो, चलाउँदा पोलमा ठोक्किएर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर

काठमाडौं: काठमाडौंको पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो।

शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा काठमाडौं सामाखुसी बस्ने ४३ वर्षीया तुलसा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक किनारमा रहेको पोलमा टाउको ठोक्किएर गम्भीर घाइते भएकी कार्कीको उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell