PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

किमको प्रशंसा गर्दै पुटिनले भने: किम समझदार र परिपक्व राजनेता हुन्



पहिलोपोस्ट

किमको प्रशंसा गर्दै पुटिनले भने: किम समझदार र परिपक्व राजनेता हुन्

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उत्तर कोरियाली शासक किम जोङ उनको प्रशंसा गरेका छन्। अमेरिकाका राष्ट्रपतिसँग पछिल्लोपटक वाक युद्धमा रहेका किमलाई पुटिनले समझदार र परिपक्व राजनेता भएको बताएका छन्।

उत्तरले मिसाइल परीक्षण गरेको विरोधमा राष्ट्रसंघमा मत दिए पनि पुटिन हाल उनको पक्षमा बोलेका हुन्। केही समयअघि किमले आफुसँग शक्तिशाली मिसाइलको बटन टेबलमै रहेको बताएका थिए।

उनको भनाईप्रति सहमति जनाउँदै पुटिनले किमसँग साँच्चिकै शक्तिशाली मिसाइल रहेको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell