
काठमाडौं: आज बसेको मन्त्रिपरिषदमा प्रदेश प्रमुख र प्रदशको अस्थायी मुकाम तोक्ने मुख्य एजेन्डा थिए। तर बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न सकेन।
बैठक सकिएलगत्तै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बैठकमा यी विषयमा सहमति हुन नसकेको जानकारी दिए।
बैठकले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्नेलगायतका निर्णय गरेको बस्नेतले जानकारी दिए।