PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

जाडोले लियो २२ को ज्यान



पहिलोपोस्ट

जाडोले लियो २२ को ज्यान

काठमाडौं: अत्यधिक चिसोका कारण सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेका छन्।

शीतलहर शुरु भएदेखि शुक्रबार बिहानसम्म सप्तरीमा १० जना र रौतहटमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले बताए।

तराईमा चलेको शीतलहरमा सरकारले प्रभावकारी रुपमा काम गरिररहेक दुवाडीको दाबी छ। उनले भने, 'सरकारले व्यापक रुपमा काम गरिररहेको छ। नयाँ कपडादेखि नगद राहतसमेत वितरण गरिरहेका छौं।'

तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, दाङ, कैलाली लगायतका २२ जिल्लामा कम्बल तथा दाउरा किन्नको लागि विपद् व्यवस्थापन समितिमार्फत प्रत्येक जिल्लामा १० लाख रुपैयाँ दिइसकेको उनले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell