PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'नेप्कीन'को ट्रेलर रिलिज, सत्य घटना फिल्ममा



पहिलोपोस्ट

'नेप्कीन'को ट्रेलर रिलिज, सत्य घटना फिल्ममा

काठमाडौं: फिल्म ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज भयो। सत्य घटनामा आधारित कथालाई फिल्ममा देखाइएको हो। ट्रेलरले फिल्मको थिम भन्छ।

बेराजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ। गुण्डागर्दी, अपराध र त्यसपछि सिर्जना हुने अवस्थाहरु ट्रेलरमा समेटिएको छ। युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ।

सुवास मगरले छायांकन गरेको फिल्ममा भूपेन्द्र बानको द्धन्द रहेको छ। बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी सो गरिएको छ। फिल्मको नेपाल रिलिज मिति भने तय भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell