PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

सर्वोच्च अदालतको रजिस्टारमा महेन्द्रनाथ उपाध्याय



पहिलोपोस्ट

सर्वोच्च अदालतको रजिस्टारमा महेन्द्रनाथ उपाध्याय

काठमाडौः सरकारले सर्वोच्च अदालतको रजिस्टारमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ। न्याय सेवाको विशिष्ठ श्रेणीको पद रजिस्टार पाँच महिनादेखि निमित्तको जिम्मेवारीमा चलेको थियो। कामयमुकायमको भूमिकामा पनि उपाध्याय नै थिए।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार उपाध्यायलाई रजिस्टारमा बढुवा गरेको हो।

तात्कालीन रजिस्टार नृपध्वज निरौलालाई बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा सरुवा गरेपछि उपाध्यायले सर्वोच्चमा कामयमुकायम रजिस्टारका रुपमा कार्यसम्पादन गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell