PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

सलमान खानले नै दिए नेपाल आउने जानकारी



पहिलोपोस्ट

सलमान खानले नै दिए नेपाल आउने जानकारी

आफू नेपाल आउने बारे सलमान खानले नै जानकारी दिएका छन्। उनले बलिउड हंगामासँगको वार्तामा नेपाल जाने र कट्रिना पनि उक्त टुरमा सहभागी हुनसक्ने बारे हिन्ट दिएको भिडियो सार्वजनिक भएको हो।

फागुन २६ गते उनको 'दबङ्ग टुर' अन्तर्गतको कार्यक्रम नेपालमा हुँदैछ। ओडीसी इन्टरटेन्मेन्टले उक्त टुरको नेपाल संस्करण आयोजना गरेको हो।

सलमानले कट्रिना पनि टुरमा सहभागी हुनसक्ने जनाएका छन्। नेपालपछि अमेरिका र क्यानडामा हुने दबङ्ग टुरमा भने कट्रिनाको सहभागिता रहने निश्चित छ।

सलमानसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन्। कार्यक्रम फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ हुनेछ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell