PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अन्यौल यथावत, आइओएम फर्किए अग्रवाल : शशी शर्माको हिजैबाट सकियो म्याद



पहिलोपोस्ट

अन्यौल यथावत, आइओएम फर्किए अग्रवाल : शशी शर्माको हिजैबाट सकियो म्याद

काठमाडौं :  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन डा जगदीशप्रसाद अग्रवालले आजबाट काममा फर्किएको बताएका छन्। सर्वोच्च अदालतले पुस २३ गते चार वर्षअघि बर्खास्तीमा परेका डा शशी शर्मालाई पुनर्वहाली गरेपछि डा अग्रवाल डिनमा थिएनन्।

सर्वोच्च अदालतको आदेश अनुसार डा शर्माले फैसला भएकै दिन आइओएममा पुगेर पदवहाली गरेका थिए। शर्माको पदावधी हिजोबाट सकिएको छ। डा शर्माको पदावधि अझै ४ दिन बाँकी रहेकाले त्यतिन्जेल डीनका रुपमा काम गर्न सक्ने भन्दै अदालतले परमादेश जारी  भएपछि चार दिनको लागि डा अग्रवाल डिनको जिम्मेवारीबाट बाहिर थिए।

अग्रवालले सर्वोच्च अदालतको आदेश अनुसार नै आफू नियमित काममा फर्किएको बताए। ‘अदालतको आदेशमा मेरो नियुक्ति गैरकानुनी नभएको भन्ने उल्लेख भएका कारण म पुन: डीनको जिम्मेवारीमा आएको हुँ,’ उनले भने, ‘अझै अन्यौल नभएको होइन। सर्वोच्चको आदेशमा मेरो नियुक्ति गैर कानुनी भनेको छैन, त्यही आधारमा अबको डिन म नै हुँ।’ 

अहिले एमबीबीएस भर्नाका लागि ओपन हाउस काउन्सिलिङको काममा व्यस्त भइरहेको अग्रवालले बताए।
 
कानुन व्यावसायीहरुले डा शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशमै डा अग्रवालको नियुक्ति गैरकानुनी भन्न नमिल्ने उल्लेख भएकाले डीनमा डा अग्रवालले नै निरन्तरता पाउने बताएका छन्। त्रिभुवन विश्वविद्यालय भने नयाँ डिन बनाउने चलखेलमा लागेको चर्चा चलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell