PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिँदै



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिँदै

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिन पाउने भएका छन्। दल दर्ताका लागि दिएको समयसीमामा २१ दल दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न १५ दिनको समय दिएको थियो। अाज दल दर्ताको अन्तिम दिन हो।

आयोगले यसअघि नै राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ। कार्यतालिका अनुसार माघ २४ गते राष्ट्रिय सभा सदस्यको लागि मतदान हुने छ। 

यी हुन् निवेदन दिने दल


राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले दल दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell