PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

टंकले जिते दोहोरो स्वर्ण



पहिलोपोस्ट

टंकले जिते दोहोरो स्वर्ण

काठमाण्डौ : टंक बहादुर कार्कीले एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन्। प्रतियोगिताको अन्तिम दिन एकलतर्फ स्वर्ण जितेका टंकले अघिल्लो दिन टिमतर्फ पनि स्वर्ण जितेका थिए।

टंकले एकलतर्फ २ ओभर ७० अंक जोडी समग्रमा ३ ओभर २०७ का जोडेर शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै स्वर्ण जितेका हुन्।

शुक्रले १ अण्डर ६७ को दिनकै उतकृष्ट सेकोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते। उनको यो दोस्रो रजत हो। उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले टिमतर्फ पनि रजत जितेको थियो।

सुबाष घिसिङले ९ ओभर ७७ को खराब प्रदर्शनका बाबजुद समग्रमा १८ ओभर २२२ को नतिजाका साथ कास्य पदक हात पारे। सुबाष भन्दा एक स्ट्रोकले पछि परेका बिपिन तामाङ २२३ अंकका साथ चौथो, २२५ अंक जोडेका सुन्दर राई पाँचौ, २२६ अंक जोडेका नवराज थापा छैटौँ र २२७ अंकसहित सुरेश तामाङ सातौँ भए।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किशन अग्रवाल लगायतले पुरस्कार वितरण गरे। राखेप च्याम्पियनसिपअन्तर्गत नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा सात टिमका चालिस खेलाडीले प्रर्तिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell