PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

स्यान्टु र दिपलाई डबल्स उपाधि



पहिलोपोस्ट

स्यान्टु र दिपलाई डबल्स उपाधि

काठमाडौं : नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा श्यान्टु र दीपको जोडीले नेपाल आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरेको जोडीलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा पराजित गर्दै पुरुष डबल्सको उपाधि जितेका छन्। सेमिफाइनलमा आर्मीको जोडीले पुलिसका प्रदिप रोक्का र विनेश खनिया तथा स्यान्टु र दिपले एपीएफका पुरुषोत्तम बज्राचार्य र अमरबहादुर मल्ललाई पराजित गरेका थिए।

महिलातर्फ डबल्सको उपाधि पनि पुलिसकै एलिना महर्जन र नविता श्रेष्ठको जोडीले जितेका छन्। नन्द भाउजूको जोडीले आर्मीका स्वेच्छा नेम्बाङ र रबिना महर्जनको जोडीलाई ४-११, १०-१२ ११-७, १२-१०, ११-५ को सेटमा पराजित गरे। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell