PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक चालक फरार, घाइतेको उपचार हुँदै



पहिलोपोस्ट

मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक चालक फरार, घाइतेको उपचार हुँदै

बर्दिया : पूर्व पश्चिम राजमार्गको बर्दिया बासगडी ९ मा साँझ ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मनिराम चौधरी र उनकी पत्नी देवकली घाइते भएका छन्।  

मनिरामको अवस्था गम्भीर रहेको बताइएको छ। लु १ ख ८१०८ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै चालक फरार रहेका छन्।

भे ७ प ५४५ नम्बरको मोटरसाइकललाई ट्रकले ३० मिटरसम्म पेलेको जनाइएको छ। घाइतेलाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा पुर्‍याएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell