PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राष्ट्रिय बास्केटबल : मध्यमाञ्चलका दुवै टोली च्याम्पियन



पहिलोपोस्ट

राष्ट्रिय बास्केटबल : मध्यमाञ्चलका दुवै टोली च्याम्पियन

काठमाडौं : मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार दुवै विधामा उपाधि जितेको छ। मध्यमाञ्चलले पुरुष फाइनलमा डिफेण्डिङ च्याम्पियन बर्मी तथा महिला फाइनलमा पश्चिमाञ्चललाई पराजित गर्दै च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो।

मध्यमाञ्चलका विपिन महर्जनले १८ अंक जोडे। नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हरउँदै तेश्रो भयो। प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले हराउँदै उपाधि रक्षा गरेको हो। विजेताकी अनुषा मल्लले २२ अंक जोडिन्। आर्मीले तेश्रो स्थानमा चित्त बुझायो। आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले हरायो। आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन्।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले पुरस्कृत गरे। चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell