
काठमाडौं : राखेप च्याम्पियनसीपअन्तर्गत १३औँ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौँडामा सम्पन्न भएको छ। १५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३/३ स्वर्ण जितेको छन्।
प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जित्दा बाराले ५७, ७४ र ८६ केजी तौल समूहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ। पर्साले ६५ र १२५ केजी तौल समूहमा स्वर्ण जितेको छ भने नेपाली सेनाले ६० र ६० केजी महिला तौल समूहमा स्वर्ण जितेको छ। डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले १/१ वटा स्वर्ण पदक जिते।
कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडीहरु नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।