PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

डाक्टर गोविन्द केसीले अनशन तोड्ने, सरकारसँग पाँच बुँदे सम्झौता



पहिलोपोस्ट

डाक्टर गोविन्द केसीले अनशन तोड्ने, सरकारसँग पाँच बुँदे सम्झौता

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन्। स्वाथ्य मन्त्री दीपक बोहोराको टोलीसँग वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले अनशन तोड्ने भएका हुन्।

पाँच दिनदेखि अनशनरत डा केसीको स्वाथ्यमा समस्या देखिएपछि मन्त्री बोहोराको टोली शुक्रबार बेलुका महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको थियो।

मन्त्री बोहोरा र डा केसीले पाँच बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमा केसीले अनशनको कार्यक्रम अन्त्य गर्ने सहित चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने, डा जगदिश अग्रवाललाई नै आइओएमको डिनमा निरन्तरता दिन लगाउने लगायत बुँदा उल्लेख छ।

सर्वोच्च अदालतबाट भएका फैसलामाथि प्रश्न उठाउँदै अनशनमा रहेका केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरी अदालत उपस्थित गराइएको थियो। अदालतमा उनको मुद्दामा सुनुवाई गर्दै तारेखमा रिहाइ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell