PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मेलिना राईको नयाँ गीत 'दिलमा सजाउँदा..'



पहिलोपोस्ट

मेलिना राईको नयाँ गीत 'दिलमा सजाउँदा..'

काठमाडौं : पार्श्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार दिपेन्द्र थिङको संगीतमा मेलिनाको स्वर रहेको 'दिलमा सजाउँला..' गीत सार्वजनिक भएको हो।

गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो। रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै सुगम संगीतका प्रखर गायक सुमन केसीको स्वर छ।

गीत दिपेन्द्र खड्काले लेखेका हुन। गीतको भिडियोमा मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्कृन रोमान्स देख्न सकिन्छ। कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गौरव गिरीको निर्देशनमा बनेको हो।

यसअघि गायिका अन्जु पन्तसँग ओई माया गर्नेवालीसँग मा स्वर तथा संगीत दिएका थिंङ पछिल्लो समय संगीत सिर्जनामै ब्यस्त छन। उनको केहि दिनमै पहिलो नजर बोलको अर्को सांगितिक कोसेली सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell