PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कतार*मा समातिए मोस्ट वान्टेड मनोज पुनका सहयोगी, ल्याइयो नेपाल



सविन ढकाल

कतार*मा समातिए मोस्ट वान्टेड मनोज पुनका सहयोगी, ल्याइयो नेपाल

काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा कतारमा पक्राउ परेका २८ वर्षीय तुल बहादुर सिंजालीलाई प्रहरीले शनिवार नेपाल ल्याएको हो।

नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन्। दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भएकाले खोजी सूचीमा सिंजाली पनि थिए। 'केही साता अगाडि पक्राउ परेका सिंजालीलाई नेपाल ल्याएका हौं,' उनले भनिन्।

सिंजालीलाई दुवाई प्रहरीले दुई साताअघि नै पक्राउ गरेको थियो। गत वर्षको पुस ४ गते रुपन्देहीमा एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा सिंजालीको संलग्नता देखिएकाले प्रहरीको खोजी सूचीमा थिए। सिंजालीले पुनको निर्देशनमा नेपालमा बसेर तिवारीको हत्या गर्ने सबै प्रबन्ध मिलाएको प्रहरीले जनाएको थियो।

*(कतार हुनुपर्नेमा अन्यथा हुन गएकाले शीर्षक सच्याइएको छ : सम्पादक) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell