PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

१२औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नेपाल एड्भेन्चर्स स्पोर्ट्सको साथ



नरहरि पौड्याल

१२औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नेपाल एड्भेन्चर्स स्पोर्ट्सको साथ

पोखरा : पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’ को तयारी थालेको छ। मञ्चका अध्यक्ष तेज गुरुङले आवश्यक तयारी सुरु भएको जानकारी दिए।

पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्राउन यस बर्षदेखि मञ्चले नेपालको प्रतिष्ठित कम्पनी नेपाल एड्भेन्चर्स स्पोर्ट्सको प्रालीसंग सम्झौता गरेको छ। पत्रकार सम्मेलनमा मंञ्चका अध्यक्ष गुरुङ र प्रालीका तर्फबाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरेका छन्।

समझौता संगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा बजार पवद्र्धन गर्ने जिम्मेवारी पाएको छ। त्यसैक्रममा स्थानिय बजार प्रवर्धन गर्न मञ्चले पोखराको ट्रेनर्स नेपालसंग सम्झौता गरेको छ।

फागुन ७ गते पोखरामा आयोजना गरिने म्याराथन बारे जानकारी दिंदै अध्यक्ष गुरुङले पोखरालाई खेलकुदको माध्यमबाट विश्वमा परिचित गराएर खेलकुद पर्यटनको शहरका रुपमा विकास गर्ने मुख्य उदेस्य रहेको बताए। ‘पोखरालाई स्पोर्ट्सको टुरिजमका रुपमा प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रुपमा मनाउने उदेस्यल प्रतियोगिताको आयोजना गरेका हौँ,' उनले भने।

म्याराथन प्रतियोगितामा यस वर्ष पुरुस्कार राशी र खेलको क्याटोगरी समेत थपिएको उनले बताए। यस वर्ष प्रथम हुनेले नगद ७० हजार, दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार हात पार्नेछन्। यस्तै चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गर्ने छन। १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पाउने छन्।

यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार पाउने मंचले जनाएको छ। प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौड पनि समावेश गरिएको छ। ति क्याटोगोरीमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन।

पोखरा म्याराथन रंगशालाबाट सुरु भई विरौटा, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, रानीपौवा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, चाउथे चोक, विरौटा चोक, भोटे चौतारा, मझेरीपाटन चोक, गलेश्वर चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक–अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन, हुदैं इयरपोर्ट पूर्वको बाटो चोर साँघु पुल ६ नंम्वर गेट हुदै रंगशालामा पुगेर समापन हुनेछ।

त्यसै गरि ५ कि.मी. दौड रंगशालाबाट शुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्क चोकबाट हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक हुँदै रंगशालामा समापन हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell