PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नयनराजको संस्मरण सार्वजनिक, पाण्डेले भने: 'यार' शब्दसँग मेरो सानैदेखि प्यार थियो



पहिलोपोस्ट

नयनराजको संस्मरण सार्वजनिक, पाण्डेले भने: 'यार' शब्दसँग मेरो सानैदेखि प्यार थियो

काठमाडौं: लेखक नयनराज पाण्डेको संस्मरण कृति ‘यार’ विमोचन गरिएको छ। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कृतिका पात्रहरुबाट विमोचन गरिएको हो।

श्यामल, पुरुषोत्तम सुवेदी, राजव, शार्दुल भट्टराई, जय हमाल र लेखक पाण्डेले कृति संयुक्त रुपमा विमोचन गरेका हुन्। कृति विमोचन कार्यक्रममा लेखक पाण्डेले यार शब्दसँग पहिलेदेखिकै प्यार रहेकोले यो कृति तयार भएको उल्लेख गरे।

कृतिमा बाल्यकालदेखिका साथीको सम्बन्धका उतारचढाव समेटिएको उनले बताए। संस्मरण आधिकारिक र विश्वसनीय विधा भएकोले यसमा आफूले हात हालेको उनको भनाई थियो।

यसअघि उनका 'उलार', 'लू', 'घामकिरी', 'सल्लीपीर' जस्ता कृति प्रकाशित छन्। 'यार'लाई फाइनप्रिन्टले बजारमा ल्याएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell