_receiving_award_from_member_of_parliyament_Mr_._Rajiv_Pahadi_.jpg)
पोखरा : १२औं दक्षिण एसियाली सेभेन ए साइड फुटबलमा घरेलु टोली नेपाल र बंगलादेशले विजयी सुरुवात गरेका छन्।
शनिबार पोखराको ताल बाराही घाटस्थित मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरको हो।
नेपालका लागि सुनिल विक रसुशील लामाले २-२ गोल गरे। म्यान अफ दि म्याच सुनिल विकले खेलको पहिलो हाफको नवौँ र २४औँ मिनेटमा गोल गरे। यस्तै सुशील लामाले ४२औँ र ४८औँ मिनेटमा गोल थपे।
अर्को खेलमा बंगलादेशले माल्दिभ्सलाई १६-० को फराकिलो गोल अन्तरले हराएको छ। एक पक्षिय खेलमा बंगलादेशका लागि अश्रफुलले एक्लैले ६ गोल गर्दै डबल ह्याट्रिक पूरा गरे। यस्तै उज्जरले ह्याट्रिकसहित ५, तुहिन र कप्तान स्टेफान हकले समान २ तथा मिसुले एक गोल गरे।
यस अघि नेपालले २००६ मा सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो। २०१० मा श्रीलंकामा आयोजना भएको प्रतियोगितामा नेपाल च्याम्पियन भएको थियो भने बंगलादेशमा आयोजना भएको ११औं संस्करणमा नेपालले सहभागिता जनाएको थिएन।
प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रका श्रीलंकाबाहेक अरु राष्ट्रको उपस्थिती रहेको छ। नेपाल सम्मिलित समूहमा भारत र भुटान रहेका छन्।