PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कृष्ण र स्नेहालाई स्वर्ण



पहिलोपोस्ट

कृष्ण र स्नेहालाई स्वर्ण

काठमाडौं : नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। १० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए। कृष्णले र स्नेहाले समान २२६ अंक जोडे।

पुरुषमा २२४ अंकसाथ आर्मीका सुरेश चौधरी दोश्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेश्रो भए। महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत (२२४ अंक) दोश्रो र प्रहरीकी कल्पना परियार (२०२ अंक) तेश्रो भए।

पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका विष्णुकुमार विश्वा मगर (१५८ अंक) पहिलो, मध्यमाञ्चलका सुमन तुलाधर (१५७ अंक) दोश्रो र आर्मीका कुवेर केसी (१५५ अंक) तेश्रो भए।

सो स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर, पश्चिमाञ्चलकी श्रेया केसी र आर्मीकी सरिता बस्नेतले शीर्ष तीन स्थान हात पारे। फाइनल २४० अंकमा प्रतिस्पर्धा भएको थियो। यसअघि ४ वटा टिम इभेन्टमा आर्मीले ३ तथा मध्यमाञ्चलले १ स्वर्ण जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell