
काठमाडौं : काठमाडौंका नारायणगोपाल महर्जन र नुवाकोटकी लक्ष्मी मगरले राखेप च्याम्पियनसिपअन्तर्गत माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन्।
फर्पिङमा भएको एकदिने प्रतियोगिताको पुरुषको ३६ किलोमिटर दूरी नारायणले २ घण्टा १० मिनेट ३१ सेकेन्डमा पूरा गरे। नेपाल आर्मीका ओकेशराज वज्राचार्य र प्रताप थापा तेश्रो भए।
महिलाको २६ किलोमिटर दूरी लक्ष्मीले १ घण्टा ५३ मिनेट १८ सेकेन्डमा पूरा गरिन्। आर्मीकी मन्जुकुमारी खड्का र काठमाडौंकी रोजा केसी क्रमशः दोश्रो र तेश्रो भए।