PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुन्छ: महामन्त्री कोइराला



पहिलोपोस्ट

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुन्छ: महामन्त्री कोइराला

नवलपरासी: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताएका छन्।

थारु जातिको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा. कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गरे।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. कोइरालाले एउटा जाति, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताए। उनले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell