PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

मिनीट्रक दुर्घटनामा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

मिनीट्रक दुर्घटनामा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

चौतारा: सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिसंखुपाखर गाउँपालिका– ७ ठूलोपाखर निवासी चालक ३१ वर्षीय शशीकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन्।

लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए।

भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell