PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चार लाख नगदसहित २७ जुवाडे कमलादीबाट पक्राउ



पहिलोपोस्ट

चार लाख नगदसहित २७ जुवाडे कमलादीबाट पक्राउ

काठमाडौंः शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत दरवारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल ल्याण्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दुई महिला २५ जना पुरुष रहेका छन्। प्रहरीले उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, सय डलर सहित १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell