PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सरस्वती डोजो जोरपाटी बेसीगाउँ च्याम्पियन



पहिलोपोस्ट

सरस्वती डोजो जोरपाटी बेसीगाउँ च्याम्पियन

काठमाडौं : ओलिभर स्कुल र शाखा डोजो शंखपार्कको संयुक्त आयोजनामा भएको प्रथम उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता २०१८ को उपाधि सरस्वती डोजो जोरपाटी बेसीगाउँले जितेको छ।

शनिबार भएको उक्त प्रतियोगितामा विभिन्न १५ डोजोका २५० खेलाडीको सहभागीता रहेको थियो।

टिम च्याम्पियन हुने क्रममा सरस्वती डोजो जोरपाटी बेसीगाउँका अजिब श्रेष्ठ २० केजी तौलसमूहमा स्वर्ण जिते। यस्तै कुईसाङ लामा ३० तौलसमूहमा, अजय तामाङ ३५ तौलसमूहमा, प्रकाश माझी ४० तौलसमूहमा, सुस्मिता वाईवा ३० तौलसमूहमा स्वर्ण जिते। यसैगरी एलोन श्रेष्ठले ५० तौलसमूहमा कास्य जित्दा मिङमार लामाले २५ तौलसमूहमा र विकास कार्कीले ४० तौलसमूहमा कास्य पदक जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell