PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दार्जिलिङ पुलिसको कार्यक्रममा पल र आँचल अतिथि



पहिलोपोस्ट

दार्जिलिङ पुलिसको कार्यक्रममा पल र आँचल अतिथि

दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट कलाकार पल शाह र नायिका आँचल शर्मा अतिथि रहेका थिए। कार्यक्रममा उनीहरुले स्टेज प्रस्तुति दिए। 

दार्जिलिङमा पनि चकलेटी अभिनेताको रुपमा परिचित पल शाहको फ्यान फलोइङ राम्रै देखियो। बिहान म्याराथनको स्टेज पुगेदेखि पलको ना लिइरहेका फ्यानहरु कार्यक्रमको बिचमा स्टेजमै चढे। भिडलाइ थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डिएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्सपेक्टर मिलन गुरुङले ५० भन्दा बढि प्रहरीको साथमा पललाई होटलसम्म पुर्‍याए।  

तर होटल पुगेपछि पनि पल र आँचलका फ्यानले होटलको गेट नछोडेपछि प्रहरीले पललाई पुन: सार्वजनिक गरेको थियो। उदार रुप देखाएका पलले फ्यानको भिडमा गएर फोटो खिचाए। भने,'उहाँहरुको मायाले नै यहाँसम्म आइपुगें। अब उहाँहरुकै बिचमा जान किन डराउनु?'  


फोटो: मिलन ढुङ्गाना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell