PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

३१ दिनदेखि किस्ट मेडिकल कलेज बन्द, मुद्दा पुग्यो अदालत



सागर बुढाथोकी

३१ दिनदेखि किस्ट मेडिकल कलेज बन्द, मुद्दा पुग्यो अदालत

काठमाडौं : ३१ दिनदेखि बन्द भएको किस्ट मेडिकल कलेजको मुद्दा उच्च अदालत पाटन पुगेको छ। पारिश्रमिक वृद्धि लगायत अन्य माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको हो।  कलेज प्रशाशन र कर्मचारी संगठनबीचको पटकपटकको वार्ता असफल भएको छ। 

कर्मचारीहरुले कलेज बन्द गरेपछि सुनसान भएको किस्ट मेडिकल कलेजमा कार्यरत प्रशिक्षार्थी डाक्टर अरुण उप्रेतीले बताए। भने, ‘महिनादिन देखि ल्याव, एक्स रे लगायतका सेवा बन्द हुँदा इमर्जेन्सी पनि सञ्चालनमा आएको छैन। कलेजको सबै ब्याचको पढाइ बन्द छ भने आइओएमले लिने परीक्षा अरु कलेजमा सकिँन लाग्दा यहाँ सुरु भएको छैन। भर्ना प्रक्रिया पनि अवरुद्ध भएको छ।’ 

अखिल नेपाल स्वास्थ्य श्रमिक संगठनको सचिव  सुस्मिता कट्टेल कलेजले प्रशासनले कर्मचारीहरुको सेवा सुविधा नबढाएकाले आन्दोलन गर्न बाध्य भएको बताइन्। भनिन, ‘अन्य मेडिकल कलेजको भन्दा आधा स्यालरीमा काम गरेका छौं।  सबै पदको स्यालरी अरु कलेजको भन्दा आधा कम कम छ। अन्य कलेजमा २२ हजार दिने पदको हाम्रोमा १० हजार मात्र छ। हामी बाध्य भएर आन्दोलनमा छौँ।’

कलेज प्रशासनसँग श्रम मन्त्रालयमा गएर वार्ता बस्दा पनि सहमति हुन नसकेको कट्टेलले बताइन्। भनिन, ‘कलेज प्रशाशनले केही डाक्टरहरुलाई राम्रै व्यावस्था गरे पनि  अन्य कर्मचारीहरुलाई शोषण गरेको छ। हामी ३ सय ८५ जना कर्मचारी आन्दोलनमा छौँ।’
 
किस्ट मेडिकल कलेजको समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शास्त्र अध्यन संस्थान र  नेपाल मेडिकल काउन्सिलमा कुरा पुगिसकेको उप्रेतीले बताए। भने, ‘यस्तो विवाद समाधान त्यहाँबाट नहुने जवाफ आएको छ। विवाद समाधान गर्ने निकाय चिकित्सा शिक्षा आयोग गठन भइसकेको छैन।’

किस्ट मेडिकल विद्यार्थी समाजले कलेज बन्द हुँदा पढाइ, परीक्षा र अस्पताल सेवा ठप्प भएर विद्यार्थीको भविष्य वर्वाद भएको भन्दै कलेजलाई चाँडै विवाद सुल्झाउन चेतावनी दिएको छ। यस विषयमा कलेज प्रशासनसँग बुझ्न पटकपटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell