PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

जुडो खेलाडी रमेश मगर अस्पतालबाट डिस्चार्ज 



पहिलोपोस्ट

जुडो खेलाडी रमेश मगर अस्पतालबाट डिस्चार्ज 

काठमाडौं: घुँडाको चोटको उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर डिस्चार्ज भएका छन्।

मगरले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा राम्रो नजिता निकाल्ने उद्देश्यसहित घुँडाको शल्यक्रिया गरेका हुन। ग्राण्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेको टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो। 

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद-सागको उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए। 

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन्। दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेका थिए।

 सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो। सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell