PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

उपत्यकामा चिसो झन् बढ्यो, पूर्वानुमान भन्छ: सुधार हुन अझै दुई दिन लाग्छ



पहिलोपोस्ट

उपत्यकामा चिसो झन् बढ्यो, पूर्वानुमान भन्छ: सुधार हुन अझै दुई दिन लाग्छ

काठमाडौं: काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ। मौसम बदली हुँदा आइतबार मध्यान्हबाट राजधानीबासीले चिसो महसुस गरेका छन्। 

राजधानीलगायत देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम बदली भइ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले भने, 'न्युनतम तापक्रम शनिबारको भन्दा बढी भएपनि बदलीका कारण चिसो भएको अनुभव भएको हो।' 

बदली भएको मौसम सुधार आउन अझै दुई दिन लाग्ने मौसमविद् प्रधानाङ्गको दाबी छ। काठमाडौंमा आइतबार न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ।  शनिबार भने ३ दशमलब ४ डिग्री सेल्सियस रहेको थियो। मौसम बदलीका कारण तराईका जिल्लाहरुमा आइतबार पनि घाम लाग्न सकेन।

चिसोका कारण देशभर २५ जनाभन्दा बढीको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell