PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

'रअ मा जागिर लगाइदिने' प्रहरी फन्दामा



पहिलोपोस्ट

'रअ मा जागिर लगाइदिने' प्रहरी फन्दामा

काठमाडौं : भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)मा भर्ना गर्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 
सप्तरीका रमाकान्त नौनियालाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई 'रअ'मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए। उनले नक्कली लेटर प्याड बनाएर नियुक्ति पत्र समेत दिने गरेका थिए। 

नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरमा लगाएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएको आधारमा रमाकान्तलाई आइतवार प्रहरीले पक्रेको गरेको हो। महाशाखाले रमाकान्तलाई केही सातादेखि खोजी गरिरहेको थियो। उनले 'रअ'मा जागिर लगाउने भन्दै एक जनाबाट २ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म लिएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell